सुर्खेत। जिल्ला मालपाेत कार्यालय सुर्खेतकाे मूलगेटमा नागरिक सहायता कक्ष स्थापना गरिएकाे छ । कार्यालयमा हने दैनिक भीडभाडलाइ व्यवस्थापन गर्न नागरिक सहायता कक्षकाे स्थापना गरिएकाे हाे ।
काेराेना भाइरस (काेभिड-१९)ले सिर्जीत विषम् परिस्थितिलाइ मध्यनजर गर्दै भीडभाड व्यवस्थापनकाे लागि सहायता कक्ष स्थापना गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । कार्यालयका अनुसार सामुदायिक सुधार संस्था तथा सामुदायिक प्रहरी सेवा केन्द्र सुर्खेत र जिल्ला मालपोत कार्यालय सुर्खेतको समन्वयमा उक्त नागरिक सहायता कक्ष राखिएको हाे ।