डाेल्पा । जिल्ला विपत् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डोल्पामा एक साता लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार राति १२ बजेदेखि नै लागू हुने गरी लकडाउन जारी गरिएको हो ।
छिमेकी जिल्ला रुकुम, जाजरकोटमा देखिएको कोरोना संक्रमण र जोखिमलाई मध्यनजर गर्दै एक साता लकडाउन गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
यो अवधिमा जिल्लाभर आकस्मिकबाहेकका सबै यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । तर, दैनिक उपभोग्य सामग्रीहरू ढुवानी गर्न भने रोक लगाइएको छैन । यसरी अत्यावश्यक सवारीसाधन सञ्चालन र अन्य गतिविधि गर्दा सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी जिल्ला भित्रिने नाकाहरूमा विशेष कडाय गर्न सीमामा प्रहरीलाई निर्देशन दिएको प्रजिअ सुनारले बताए ।