पृथ्वीमा अत्याधिक बढ्दै गएको औधोगिकरणबाट, तिब्र विकास निर्माण कार्य आदि कारणबाट पृथ्वीको मौसम परिवर्तन भई पृथ्वीको तापक्रम बढ्ने अवस्था जलवायु परिवर्तन हो । हाल यो विषय विश्वको प्रमुख र ज्वलन्त वातावरणिय मुद्धाको रुपमा रहेको छ । जलवायु परिवर्तनले मानव मस्तिष्कमा समेत असर पारेको छ । प्राकृतिक संकट पार्न लागेको छ । पृथ्वीमा मानिसलाई अनेकौं खालका चुनौति ल्याउने सम्भावना छ । नेपाल पनी जलवायु परिवर्तनको असरबाट अछुतो रहन सकेको छैन अझ भनौ नेपाल जस्तो अल्पविकसित मुलुकमा यसले झन् ठूलो असर पुर्याएको छ । विभिन्न तथ्याङ्कहरु अध्ययन गर्दा पनि नेपाल जलवायु परिवर्तनको हिसावले विश्वको चौथो नम्वरमा पर्दछ ।
- पहाडका भिराला जमिनमा जथाभावि सडक बनाउने नाममा खोलानाला सुक्ने र हिमालका हिँउ सुक्दै जाने, माटोको उर्वरा शक्ति विस्तारै ह्रास भई रसायनिक मल हालि खेतिपाति गर्नाले मानव स्वास्थ्यमा समेत प्रत्यक्षरुपमा असर पारेको छ । एकातर्फ तापक्रम वृद्धिले जमिन, पानी र वनस्पतिमा प्रत्यक्ष असर पारी सुक्न थालेका छन् । केही पुराना रैथाने वालि समेत लोपोन्मुख अवस्थामा छन् । तापक्रम वृद्धिकै कारण नयाँ किरा झारपात आएका चाहीने भन्दा पनि नचाहिने बढि नै छन् । प्रकृतिलाई प्रत्यक्ष रुपमा असर पुर्याइरहेका छन् । चराचुरुङ्गी, पशुपक्षीलाई समेत प्रत्यक्ष रुपमा असर पारी मानव जीवनमा विविध खालका समस्या ल्याइदिएकै छ । चरम वर्षाका कारण कहि वाढी पहिरो र कहि सुख्खा समेत हुने गरेको र खेति योग्य जमिनमा समेत विस्तारै खेतिमा ह्रास ल्याइदिएको छ । हिमाल, पहाड मात्र होइन तराईमा पनि असर पारेको छ । धान, गहुँ, मकै लगायत खाद्यवालि दोब्बर हुने ठाउँमा पनि असर पारिरहेको छ । कतिपय हिमालका हिउँ पग्लिएर हिउँ विहिन हुन पुगेको छ । पानीका मुहान सुकेर विस्तारै चराचुरुङ्गीको वासस्थान र मानवमा खाध्य संकट हुन पुगेको छ । गर्मिमा आगजनिको कारण कतिपय वोटविरुवा, चराचुरुङ्गी जिवजन्तुलाई समेत प्रत्यक्ष रुपमा असर पारिरहेको छ । यसरी मानव र प्रकृतिमा प्रत्यक्ष रुपमा असर पारेको छ। त्यसैगरि रसायनिक हर्मोन र प्लाष्टिकको अत्याधिक प्रयोगले माटो पर्यावरण र खानेकुरालाई सहित असर पारिदिएको छ । कतिपय जीवजन्तु लोपोन्मुख अवस्थामा छन । यस्तै अवस्था बढ्दै गएमा अवको अवस्थामा अरु किराफट्याङ्ग्राहरु लोपोन्मुख हुने छन् । वनस्पतिको मुख्य परागसेचनको मुख्यकर्ता यी किराफट्याङ्ग्रा विना हाम्रो जीवनमा खानेकुराको मुल श्रोत नै हुन् । जमिनमा गरिएको कृषि प्रणालीमा जलवायु परिवर्तनले वातावरणलाई तहसनहस पारिदिएको छ । यहाँ जीवजन्तुको अवस्था झनै कहाली लाग्दो छ । मानवमा विविध किसिमका प्राकृतिक दोहनका कारण रोगव्याधी, बाढि, पहिरो, भू-क्षय गई वर्षेनी सयौं मानिसले ज्यान गुमाउनु परेको अवस्था छ ।
- अत: वास्तवमा स्थानीय सरकार र प्रदेश सरकार ले विकासको नाममा विनाश र प्रकोपलाई निम्ता दिइरहेका छन् । यस्ता क्रियाकलापलाई रोकी वातावरणलाई हलचल नहुने र असर नपुर्याउने गरी मानिसलाई समेत काम लगाउने र रोजगारी सिर्जना समेत गर्न सकिन्छ । नविकरण ऊर्जा र वातावरणमैत्री एकिकृत मिश्रित खेति गरि दिगो विकासलाई प्रकृतिमा खलवल नआउने गरी काम गर्न समेत सकिन्छ । भूमिमा पानीको श्रोत लाई समेत सदुपयोग गरेर आमनागरिकलाई जलवायु परिवर्तन वारे सजक र सचेत हुन आवश्यक छ साथै तराईमा बाढि र नदि कटानको समस्यालाई न्युनिकरण गर्न नदि तटबन्धनको कार्यक्रमहरु ल्याउनुपर्दछ । अधिकांश पहाडी जिल्लाहरुमा पुराना पानीका कुवा, पोखरी संकटमा पर्न गइरहेका छन् । समुदायमा रहेका कुवा, पोखरी पानीका स्रोतहरुलाई संरक्षण गर्नुपर्दछ । जसले जमिन रिचार्जको काम गर्दछ । तल्लो भेगमा पानीका मुहान सुक्नबाट बचाउछ । जसरी जलवायु परिवर्तनबाट बच्न नदि जन्य उत्खननलाई रोक्नुपर्दछ । नदिको पहिलो भाग नियन्त्रण गर्न अम्रिसो, बावियो, बास, नेपियर, नर्कट, दुवो, लेवन ग्रास, कुश जस्ताछ फिट गहिराई सम्म जरा जाने बोट रोप्नुपर्दछ । आक, अरुसो, केतुकी, निलकाडा, सिमली रोप्नुका साथै वैश, वेत, वकाइनो, कागिनो, खयर, सिसौ, सिरिस, आप लगायत अमूल्य खालका वोटविरुवा रोपिनु वाढि पहिरो भू-क्षयका साथै प्राकृतिक विवधता कायम राखी जलवायु परिवर्तन समेत टार्न सकिन्छ । यस्ता संरक्षण सम्वर्द्धनमा प्रत्येक नागरीक सचेत र सजग भई जलवायु परिवर्तनको असरलाई रोकि सामाजिक सम्पति संरक्षण गरिनुको साथै स्वच्छ हावापानी र स्वर्गिय आनन्दका साथ बाच्न सकिन्छ । नेपालमा जलवायु परिवर्तन सँग जुध्न यस्ता खालका क्रियाकलाप गर्नु आजको आवश्यकता हो ।
( हाल : डुङ्गेश्वर गा.पा. वडा नं.५, दैलेख )