सुर्खेत । कर्णाली नदीमा बगेर दुर्इ बालक वेपत्ता भएका छन् । दैलेखकाे आठबीस नगरपालिका ४- भेल्तडीका दुई जना नदीमा नुहाउने क्रममा वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय राकमका अनुसार स्थानीय देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँस १ बजे वेपत्ता भएका हुन् ।
वेपत्ता हुनेमा १४ बर्षीय भरत माझी र १३ बर्षीय विनोद माझी रहेको इप्रका राकमले जनाएको छ ।
कर्णाली नदीमा वगेर वेपत्ता ती दुईजनाको खोजीका लागि राकमकर्णाली ईलाका प्रहरी कार्यालयवाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।