सुर्खेत । सडक निर्माणकाे रकम ३ जनाले ९२/९२ हजार बाँडेकाे खुलासा (अडियाेसहित) सार्वजनिक भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले ‘एक्सन’ लिएका छन् ।
उनले सोमबारै तीन सदस्यीय छानविन समिति गठन गरेका छन् भने गाउँपालिकाका सव–ईन्जिनियर नविन कुमार विसी र वडा अध्यक्ष हिम बहादुर ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेका छन् ।
वडा अध्यक्ष सुरेन्द्र महत्तरा, सव–इन्जियर उदयराज जैसी र सव–इन्जिनियर सूर्य नेपालीसहितको छानविन समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष ओलीले जानकारी दिए ।
‘छानविन समिति गठन गरिएको छ । समितिको प्रतिवेदन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाइने छ ।’ अध्यक्ष ओलीले भने–‘वडाअध्यक्ष ओली र सव–ईन्जिनियरले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कार्वाही गरिने छ ।’
याे पनि पढ्नुहाेस् :
सडक निर्माणकाे रकम ३ जनाले ९२/९२ हजार बाँडेकाे खुलासा (अडियाेसहित)