सुर्खेत । वीरेन्द्रनगरमा जारी निषेधाज्ञा १२ गते राती १२ बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै निषेधाज्ञा समय थपेको हो ।
कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि निषोज्ञा समय बढाईएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
यही भाद्र १ देखि ५ गतेसम्म जारी गरिएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै ९ गतेसम्म तोकिएको थियो भने तेस्रो पटकको निषेधाज्ञा थप गरि भदौं १२ गते राती १२ः०० बजेसम्म थप गरिएको हो ।
निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा विद्युत दरसञ्चार खानेपानी दुध फोहरमैला व्यवस्थापन ग्यास पेट्रोलियम पदार्थ औषधी तरकारी पसल जस्ता अतिआवश्किय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।