दैलेख । दैलेखमा जारी निषेधाज्ञा आगामी १० गतेसम्मका लागि लम्बिएकाे छ । जिल्ला प्रशासन कार्यालय दैलेखले आज सूचना सार्वजिनक गर्दै १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे ।
काेराेना संक्रमित बढ्दै गएपछि निषेधाज्ञाकाे समय थप गरिएकाे प्रमुख जिल्ला अधिकारी शन्त बहादुर सुनारले बताए ।
उनका अनुसार अत्यावश्यक बाहेक अरु सवै बस्तु तथा सेवाहरू ठप्प हुनेछन् ।
दैलेख जिल्लामा हालसम्म १०३७ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ भने तीन जनाको मृत्यु भइसकेकाे छ।
निषेधाज्ञा अवधिभर जिल्लामा बिहान ६ बजे देखि ८ बजेसम्म र साझ ६ बजेदेखि ८ बजेसम्म तरकारी पसल खुल्ला हुने प्रशासनले जनाएकाे छ ।
साथै, औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत, फोहोर–मैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवाबाहेकका खुल्ने र अन्य कुनैपनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ।