सुर्खेत । कालिकोट जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ । कालिकोटको छिमेकी जिल्ला जुम्ला र कालिकोट आसपासका क्षेत्रहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
हरितालिका तीजमा भिडभाड हुनेभएकोले पनि शुक्रबार राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।
कालीकोटमा अहिलेसम्म ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ६६ जना डिस्चार्ज भईसकेका छन् । जिल्ला भर ८जना विभिन्न आइसोलेशनमा रहेका छन् ।