सुर्खेत ।
वीरेन्द्रनगरमा जारी निषेधाज्ञा आगामी भदौ ९ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै निषेधाज्ञा समय थपेको हो ।
कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि निषेाज्ञा समय बढाईएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
यही भाद्र ५ गते सम्म गरिएको निषेधाज्ञाको समयलाई यही भाद्र ९ गते राती १२ बजे सम्मलाई कायम गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा विद्युत दरसञ्चार खानेपानी दुध फोहरमैला व्यवस्थापन ग्यास पेट्रोलियम पदार्थ औषधी तरकारी पसल जस्ता अतिआवश्किय सेवा बाहेक अन्य सम्पूर्ण बन्द रहने जनाइएको छ ।