दैलेख । यतिबेला जिल्लामा कोरोना भाइरस संक्रमण बिरामी बढदै गएका छन् । विभिन्न चाडर्व, दिवस र मेला गर्दा कोरोना समुदायसम्म फैलिएको छ । जिल्लाभर हालसम्म ९ सय ८३ जनामा कोरोना भाइरस पोजेटिभ भएको छ भने ९ सय ३८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । जिल्लामा कोरोना भाइरस संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ । मृत्यु हुने तीनै जना निर्वाचन क्षेत्र २ को दुल्लू नगरपालिकाका बासिन्दा हुन् ।
समुदायमा कोरोना भाइरस संक्रमण जमघट मेला, भेटघाट बढ्ने सम्भावना देखिएको जिल्ला प्रशासन कार्यालय दैलेखले बिहिवारर दिउँसो २ बजे देखि भदौ ७ गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो । तीजको बेला मानिसको जमघट हुने, भेला भई संक्रमण फैलिने हुनसक्ने देखिएको कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।
संक्रमण फैलिन नदिन सजगता अपनाउन सचेतनामुलक कार्यक्रम र प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी सुनारको भनाई छ । संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गर्नु परेको हो प्रमुख जिल्ला अधिकारीले बताए । नेपालीहरुको मुख्य चार्डपर्वहरु खासगरी तीज पर्व नजिकिँदै गर्दा हुने भीडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनारको भनाई छ ।
निषेधाज्ञा अवधीभर औषधी पसल, अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन सम्बिन्ध सेवा, खानेपानी तथा विद्युत सञ्चालन, फोहोरमैला व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । प्रशासनका अनुसार दैलेखको पूर्वमा पर्ने जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट, अछामको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाबाट दैलेख जिल्ला प्रवेशमा रोक लगाइएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गरेको छ ।