मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१० सालिम खोलामा पुल नहुँदा स्थानीय नागरिकले आवातजावतमा सधैँ सास्ती भोग्नुपरेको छ। गमगमढी नाग्चा लाग्न सडक अन्तरगत सालिम खोलामा पुल नहुदाँ स्थानीय नागरिक खुट्टा पिडाउदै खोला तर्न बाध्य भएका हुन। हिउँदमा खोला घटेर बाटो सहज भए पनि बर्खामा खोलामा भेल आउने हुँदा स्थानीय नागरिकलाई ओहोरदोहोर गर्न बाधा पुग्ने गरेको छ। खोलामा पुल नहुदाँ बर्सेनी यो बर्खाको समयमा नागरिकले दुःख पाइरहेका छन्।
बर्खामा खोलामा भेल आउने हुँदा खुट्टा पिडाउदै जोखिम पूर्णयात्रा गरेर खोला तर्ने गरेका नागरिक बताउछन्।सालिम खोलामा पुल छैन, हिउँदमा खोलामा ढुङ्गा र माटोको थुप्रो बनाई स्थानीय हिड्ने गरेका भएपनी बर्खाको समयमा ढुङ्गा र माटोे खोलाले बगाउने भएकाले बर्सेनि यो समस्या झेल्नु परेको र जोखिमपूर्ण यात्रा गर्नु परिरहेको आवतजावत गर्ने नागरिकले गुनासो गर्दै आएका छन्। मुगुको बाटो आफैंमा कठिन छ, त्यसमा पनि ठाउँ–ठाउँमा भएका खहरे खोलामा पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको छ। हिउँदमा खोला सुक्छन् र बाटो सहज हुन्छ ।
बर्खामा पानि धेरै पर्ने र खोलामा बाढी आउने हुनाले सालिम खोला तरेर गमगढी आउने र गमगढीबाट घर जाने तथा मुगुमकामारोगं गाउँपालिका जाने नागरिकले दिनैपिच्छे खोलाको किनारमा पुग्दा झस्किने गरेका छन्।यस्तो सास्ती कहिलेसम्म भोग्ने यहाँका नागरिकले सम्बन्धित निकायलार्ई प्रश्न गर्ने गरेका छन। ११ वर्ष भयो गमगढी नाग्चा लाग्न सडक निमार्णको कार्य थालनि भएको अहिले सम्म १७ किलोमिटर भन्दा बढी सडक निमार्ण भएको छैन। सडक ब्यबस्थित नहुदाँ र खोलामा पुल नहुदाँ नागरिकले आवत जावतमा समस्या भोग्दै आएका ११ वर्ष भएको भएपनि सडक निमार्णको निरन्तता, सडक ब्यबस्थित बनाउन र खोलामा पुल बनाउन कसैको ध्यान गएको छैन्। आजभोलि स्थानीय खुटाका बाउला पिडाउदै आवतजावत गर्न बाध्य भएका छन्।
पुल नहुदा, मुगुम कामरोगं गाउँपालिका स्थानीय र नगरपालिकाको वडा नं १०,११,१२ का नागरिक प्रत्यक्षरुपमा प्रभावित भएका छन्। उनीहरुलाई सदरमुकाम गमगढीसम्म आवतजावत गर्न समस्या भएको छ भने पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिका गमगढीका आश्रित कुमार बोहोराले बताए। पुल बगाएपछि आवत जावतमा समस्या भए पनि सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गरेको स्थानीय बताउँछन्।