दैलेख । बाढी पहिराेकाे कारण वेपत्ता भएकाकाे खाेजी र मानवीय सहयाेग गर्न नेपाली काँग्रेस दैलेखले अनुराेध गरेकाे छ । मंगलबार रातीदेखि परेकाे अविरल वर्षाका कारण दैलेखकाे ठाटीकाँध गाउँपालिका ४ र भगतीमाइ गाउँपालिका ५ मा पहिराेले भएकाे जनधनकाे क्षती भएकाे छ ।
साेही घटनाप्रति दुःख व्यक्त गर्दै काँग्रेसले मातहतका भातृ तथा सुभेच्छुक संस्थाका सबै तहलाइ मानवीय सहयाेग गर्न अनुराेध गरिएकाे जिल्ला कार्य समिति दैलेखका सभापति कृष्ण कुमार विसीले जानकारी दिए ।
साथै आज एक प्रेस विज्ञप्ती जारी गर्दै पहिराेबाट पीडितजनहरूलाइ अभिलम्व उचित राहत र क्षतीपुर्तीका लागि सम्बन्धित निकायहरूलाइ अनुराेध गरिएकाे छ ।