सुर्खेत । चामुण्डा विन्द्रासैनी नगरपालिका कार्यालयकाे अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएकाे छ । नगरपालिकामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा काेराेना भाइरस संक्रमण पुष्टी भएपछि नगरपालिकाले आजदेखि एकहप्ता सम्मका लागि कार्यालयबाट हुने सेवा प्रवाह बन्द गरेकाे हाे ।
नगरपालिकामा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि हुनसक्ने सम्भावित जाेखिमलाइ मध्यनजर गर्दै भदाैं २ गतेदेखि ८ गतेसम्मका लागि नगरपालिका कार्यालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएकाे नगरप्रमुख सूर्य बहादुर शाहीले जानकारी दिए ।
नगरपालिकामा आजमात्रै ४ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये वडा नम्बर ९ का २ जना, वडा नम्बर ६ र ८ का १-१ जना रहेकाे सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएकाे छ ।