काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणीकरण गरेपछि सार्वजनिक गरेका हो ।
गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाका कारण स्थगित भएको थियो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा नतिजा सार्वजनिक गरेको हो । यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको हो ।