सुर्खेत । नेकपा दुल्लु नगर कमिटिका सदस्य युवा नेता तथा समाजसेवी तिर्थ सुनार सम्मानित भएका छन्।
सुर्खेतको लाटिकोईली स्थित साझा घर नेपाले उनलाई विभिन्न समयमा सहयोग गरेको भन्दै सम्मान गरेको हो।उनले स्थापनाकादेखि ने साझा घरलाई सहयोग गर्दै आएका थिए।
२०७५ सालमा स्थापना भएको साझा घरमा हाल १६ जना बालबालिका र १० जना वृद्धहरु रहेको साझा घरका अध्यक्ष भीमबहादुर विश्वकर्माले जानकारी दिए।
समाज सेवी सुनारले साझा घरलाई नियमित सहयोग गरेकाले सम्मान गरिएको साझा घरका सल्लाहरकार विनोद चौलागाईले वताए।उनका अनुसार फजुल खर्चभन्दा असाहाय र अनाथलाई सहयोग गर्नु उद्देश्यले खोलिएको साझा घर खोलिएको हो।
सेवा नै धर्म हो भन्ने सोच भएका व्यक्तिहरु मिलेर साझा घर खोलिएको भन्दै यहाँ धेरै समस्या भएको बताए । खानेपानीदेखि लिएर घर भाडा तिर्नसम्म समस्या भएको उनको भनाइ छ।
त्यस्तै सम्मानित हुने सुनारले आगामी दिनमा साझा घरलाई सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे छन्।
विपन्न असाहय व्यक्ति साझा घरमा बसेको भन्दै उनले राज्यले पनि सहयोग गर्नुपर्ने बताए।सडकमा कलिला बालबालिका एक गाँस खान नपाएर समस्यामा परेका बालबालिका साझा घरमा रहेकाले आफूले सहयोगी हातहरु बढाएको उनको भनाइ छ।
सुनारले जन्मदिनमा धेरै फजुल खर्च गरेर मनाउने प्रचलनलाई तोडेर फजुल खर्चभन्दा असाहय, गरिब र विपन्नलाई सहयोग गर्नु पर्छ भन्दै।जन्मदिन समते साझा घरमा मनाएका थिए।