सुर्खेत । बिपी कोइराला युवा नेतृत्व बिकास मञ्च कालिकोटको अध्यक्षमा सुरेन्द्र काफ्ले चयन भएका छन । लोकतन्त्रमा सम्मुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एवं ब्यक्तित्व बिकास गर्ने साझा चौतारीको रुपमा देशभर सांगठनीक सञ्जाल बिस्तारमा लागेको बिपी कोइराला युवा नेतृत्व बिकास मञ्चले कालिकोटको अध्यक्षमा नेविसंघ कालिकोट सुर्खेत सम्पर्क समितिका अध्यक्ष र नेविसंघ मध्यपश्चिम बिश्वबिद्धालय केन्द्रिय समन्वय समितिका कोषाध्यक्ष समेत रहेका काफ्लेलाई चयन गरेको हो ।
आफ्नो उद्देश्य प्राप्तिका लागि मुलुकभरका युवा जमातलाई एकिकृत गरी समाज परिवर्तनको दिशामा शसक्त रुपमा अघी बढ्ने केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले बताए । उनले पहिलो चरणमा मुलुकभर शाखा बिस्तार संगै अघी बढीरहेको समेत जानकारी गराए ।
लोकतन्त्र प्रति आस्थावान, लोकतन्त्रमा भविश्य खोज्ने जिम्मेबार युवाहरुलाई समेटी निकट भबिश्यमा जिल्ला कार्यसमितिलाई पूर्णता दिने जिल्ला अध्यक्ष काफ्ले ले बताए ।