सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ हिराजडित सुन वरामद गरेको छ । वीरेन्द्रनगर–३ जलेश्वर मन्दीर नजिकैबाट गएराती प्रहरीले झण्डै २० तोला सुन बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा स्थानीय मनबहादुर सुनारले घरमा लुकाएर राखेकाे अवस्थामा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको छ भने सुनारालाई पक्राउ गरेको छ ।
सुन बरामद गरेकाे प्रहरीले पुष्टी गरेपनि सुन नै हो भन्ने प्रमाणित नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले झण्डै १० थान सुनका बाला, झुम्का, क्लीप र कमलको फुल आकारको हिराजडित सुन बरामद गरेको छ भने जानकारी दिए ।
प्रहरीले मध्यराती घटनास्थललाई सील गरेर आज विहानबाट थप सुन लुकाएको आशंकामा खोजविन जारी राखेको एसपी भट्टले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसारका कम्तीमा २० तोला सुन प्रहरीले बरामद गरेको छ । सुन कहाँबाट कस्ले ल्यायो भन्ने नखुलेको र अनुसन्धान भइरहेको एसपी भट्टले बताए ।