सुर्खेत । काठे पुलबाट खसेर बालककाे मृत्यु भएकाे छ । जुम्लाकाे पातारासी गाउँपालिका ४ लुमका नवराज रावतका छाेरा ५ वर्षिय गाेपाल रावतकाे पुलमा खेल्नेक्रममा खसेर मृत्यु भएकाे हाे ।
घरदेखि एक सय मिटर टाढा काेटिला खाेलाकाे काठकाे पुलबाट खसेर अन्दाजी २० मिटर तल बगि जालीमा अड्किएर मृत्यु भएकाे प्रहरी चाैकी डिल्लीचाैरका प्रहरी सहायक निरिक्षक कृष्णबहादुर शाहीले जानकारी दिए ।
रावतकाे मंगलबार साँझ ७ बजे मृत्यु भएकाे हाे ।