चामुण्डा विन्द्रासैनी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्र्तगत दैलेख जिल्लामा पर्दछ । साविकका चामुण्डा गा.वि.स., जम्वुकाँध गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.लाई समावेश गरि चामुण्डाविन्द्रासैनी नगरपालिका बनेको हो ।
यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् ।
यस नगरपालिकाको नामाकरण गरिदा नै चामुण्डा र विन्द्रासैनी देविको नामबाट गरिएकोले यो नगरपालिका धार्मिक तथा सांस्कृतिक रुपले पनि भरिपूर्ण मानिन्छ । विन्द्रासैनी देविको मन्दिर, चामुण्डा देविको मन्दिर, दक्षिण भेगमा अवस्थित स्वामिकार्तिकको मन्दिर, पूर्वी भेगमा अवस्थित पवित्र पंचकोशी तिर्थस्थल अर्न्तगतको पादुकास्थान र भैरवी, वडा नं. ३ मा रहेको भैरव मन्दिर वडा नं. ७ को भैरव मन्दिर, वडा नं. ५ को खापरथान मन्दिर, वडा नं. ७ मा रहेको देवती र पूर्णामाला मन्दिर यहाँका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।
भौगोलिक स्वरुप अनुसार यो नगरपालिका उत्तर दक्षिण भएर फैलिएको छ । पूर्वमा पर्ने देउगाड खोला, पश्चिममा पर्ने रामगाड खोला र दक्षिणमा अविरल वगिरहेको कर्णाली नदी यस नगरपालिकाका ठूला जल सम्पदाहरु हुन् । यसको सदरमुकाम साविकको जम्वुकाँध गा.वि.स.को जम्वुकाँधमा रहको छ ।
नगरको प्राकृतिक सम्पदा, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सम्मृद्धिका लागि नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले हालसम्म के–कस्ता कार्यक्रम कार्यान्वयन गर्नुभयो ? या कस्ता योजनाहरु अघि सार्नुभएको छ ? यसै सन्दर्भमा दुल्लूखबरका नविन शाहीले तयार गरेको संपादित अंश ः
१. आर्थिक वर्ष २०७६।०७७ को बजेट कति कार्यान्वयन भयो ?
आर्थिक वर्ष २०७६।०७७ मा कुल बजेट ४२ करोड ५२ लाख २६ हजार २ सय ५२ रुपैयाँ रहेको थियो । जसमध्ये ९० प्रतिसत बजेट कार्यान्वयन गर्न सफल भयौं ।
संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान समयमा नपठाउँदा पूर्ण कार्यान्वयन गर्न कठिनाई भएको अवस्था हो ।
२. नगरपालिकामा कुल बजेटको ९० प्रतिसत काम सम्पन्न हुदैगर्दा प्राथमिकतामा रहेका के–कस्ता योजना सम्पन्न भए ?
“फराकिलो मन फराकिलो विचार फराकिलो वाटो” भन्ने उद्देश्यका साथ कूल बजेटको पूर्वाधार विकासतर्फ ४ करोड ८६ लाख २५ हजार मध्ये स्थानीय सडक पुल तथा झोलुंगेपुल तर्फ १ करोड ५ लाख १५ हजार, सिंचाइ तर्फ ३९ लाख ५३ हजार, भवन तथा सहरी विकास तर्फ २ करोड ८ लाख ५६ हजार र विद्यतु तर्फ १ करोड ३३ लाख १ हजार विनियोजन गरिएको थियो ।
जसमध्ये साङ्गेतडा–पाल्त सडक निर्माण, कर्णाली विन्द्रासैनी लिफ्ट खानेपानी आयोजना, नगर गौरवको योजना अन्र्तगत विन्द्रासैनी खेलमैदान निर्माण कार्य लगायतका प्राथमिकताका अधिकांश काम सम्पन्न गरिएको छ ।
त्यस्तै पर्यटन पूर्वाधारतर्फ ३० लाख रकम खर्च गरेर नगरपार्क निर्माण गरिएको छ । यसकालागि यो आर्थिक वर्षमा उक्त नगरपार्कको लागि संग्रहालय निर्माण र अन्य संरक्षणको कार्य गरिनेछ ।
३. तपाईको नगरपालिकामा चालु आर्थिक वर्षमा के कस्ता योजना प्राथमिकतामा छन् ?
कोरोना भाइरस (कोभिड–१९) ले निकै प्रभाव पारेको छ । यो वर्षको बजेट कोभिड–१९ सँग सम्बन्धित रह्यो । जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्न स्वास्थ्यमा आधारित बजेट ल्याइएको छ भने लामो समयसम्मको बन्दाबन्दीले रोजगार गुमाएका र भारत लगायतका अन्य मुलुकबाट घर फर्किएको नागरिकका लागि रोजगारी सिर्जना गर्न सामाजिक सुरक्षामा केन्द्रित बजेट ल्याएका छौं ।
गत आर्थिक वर्षमा सञ्चालन भएका नगर प्राथमिकताका योजनाहरु क्रमागत राखिएको छ । यस वर्ष पनि ति योजनाहरुलाई सम्पन्न गरिनेछ ।
४. तपाईले निर्माण गर्न खोजेको नगरपालिका कस्तो हो ?
चामुण्डा विन्द्रासैनी नगरपालिका भौगोलिक रुपमा विकट छ । तरपनि यहाँ विकास निर्माण र आर्थिक सम्मृद्धिका आधार थुप्रै छन् ।
मैले निर्वाचनताका जनतामाझ चुनावी घोषणा पत्र सार्वजनिक गरेको थिए । काम गर्दै जाँदा केही वाधा–व्यवधानको कारण ढिलाई हुनसक्छ । तरपनि सोही घोषणा अन्र्तगत कामहरु करिव सम्पन्न गरिसकेको छु ।
आगामी दिनमा नगरपालिकाको केन्द्रमा विद्यतु सुचारु भईसकेपनि प्रत्येक जनताको घरदैलोमा विद्युत सेवा विस्तार,
नगरपालीका क्षेत्रमा खानेपानीको टड्कारो समस्यालाई समधान गर्न मजुवा खानेपानी निर्माणको काम तदारुकताका साथ अगाडि वढिरहेको छ भने कर्णाली विन्द्रासैनी लिफ्ट खानेपानी योजनाबाट यसै वर्ष वडा नं. ९ को डौसुरमा खानेपानी सुविधा पु¥याउने गरी निर्माणको कामलाई जोड दिएको छु ।
त्यस्तै, पर्यटन प्रवद्धनका लागि नगरपार्कको घेरवार, नौ फुटका दुईवटा तरवार निर्माण, १ हजार ५ सय किलोको घन्ट निर्माण भइसकेको छ भने अन्य पुर्वाधार तयार भईरहेकोमा नगरपार्क सम्पन्नका लागि प्रमुख प्रथामिकताका साथ निरन्तरता दिदैं पर्यटन प्रवद्र्धनमा विकास गर्ने लक्ष्य हो ।
सवै वडा टोलमा सडक संजाल, एक वडा एक खेल मैदान र्निमाण, स्थानीय पाठ्क्रम र अभिभावक शिक्षामाला तयार, एक वडा एक नर्सरी कार्यक्रम सवै वडामा निर्माण, एक वडा एक संरक्षित आयमुलक जंगल वनाईएको र यसको प्रभावकारी कार्यान्वयनका लागि निरन्तरता दिने लगायतका थुप्रै योजना कतिपय कार्यान्वयनका चरणमा छन् भने केही बाँकी छन् ।
व्यावसायमुलक तथा व्यवहारिक शिक्षाका लागि वडा नं ३ मा आई.एस.सी. एजी.(तीन वर्षे वालिविज्ञानं) संचालन गरि विद्यार्थी पठन–पाठन गराईएको छ ।
त्यस्तै नगरपालीकाको वडा नं. १ को तिजडाडा वसपार्क निर्माण, नगर वस सेवा संचालन गरिएको छ । एक निर्वाचित जनप्रतिनिधी एक जनप्रतिनिधी संरक्षित वन कार्यक्रम संचालन माफर्त नगरपालिकाको वन क्षेत्रलाई संरक्षण, शिक्षा क्षेत्रलाई सुधार गर्न र गुणात्मक शिक्षाको विकासका लागि नगरपालीकाले नगर शिक्षा ऐन र निमावली पारित गरि कार्यान्वयन गरिसकिएको छ ।
नगरबासीको बृहत्तर हीत र विकास हुनेगरी यस्ता थुप्रै योजनाहरु कार्यान्वयनमा ल्याउने मेरो प्रमुख उद्देश्य रहेको छ ।