सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नन्द बहादुर सिंह नियुक्त भएको बुधबार एक सय ५८ दिन पुरा भयो । उनि २०७६ फागुन १८ गते नियुक्त भएका हुन् । यस अवधिमा उनले १८ वटा बैठकमा ९२ वटा मुख्य निर्णयहरु गरेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई जनताको विश्वविद्यालय बनाउने उनको अठोट छ । सोही अनुसार आफुले योजनावद्ध तरिकाले अघि बढेको उनको भनाई छ ।
‘यहाँ राजनीतिक दवावमा काम गर्न, पैसा चलखेल गर्दै म विश्वविद्यालयमा तलब खान र विल मिलाउन आएको होइन ।’ विश्वविद्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मैले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा परिचित गर्ने अठोटका साथ आएको हुँ । यस उद्देश्यलाई मैले जुनसुकै अवस्थामा पुरा गर्नेछु ।’
प्रा.डा. सिहंले भ्रष्टाचारमुक्त विश्वविद्यालय निर्माणका लागि एक समुह गठन गरिएको जानकारी दिए ।
‘हिजोका दिनमा कस्ता गल्ती भए त्यतातिर ध्यान दिनुभन्दा पनि अब आगामी दिनमा कसरी भ्रष्टाचारमुक्त विश्वविद्यालय बनाउने भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित छ ।’ प्रा.डा. सिहंले भने, ‘त्यसका लागि नेपालमै नौलो अभ्यास गर्दै पब्लिक अडिटको घोषणा गरिने छ भने ई–युनिभर्सिटी बनाउने योजना तयार गरिएको छ ।’
विश्वविद्यालयलाई बायोमेडिकल, वैज्ञानिक तथा प्रविधियुक्त र कृषि सम्बन्धि विषयलाई शैक्षिक हवका रुपमा स्थापित गर्ने देखि रिसर्च एण्ड डेभलपमेण्टको स्थापना गर्नेसम्मका निर्णयहरु भएको उनले जानकारी दिए ।
विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुले आफ्नो पदीय दायित्व अनुसार पाउने भौतिक सामग्रीको सुविधा सेवा अवधिपछि अनिवार्य रुपमा फिर्ता गर्नुपर्ने, विश्वविद्यालयले आयोजना गर्ने सेमिनारहरु विश्वविद्यालय परिसरमै गर्नु पर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार विश्वविद्यालयको स्वीकृति लिएर मात्र होटल गर्न पाइने, खरिद सम्बन्धि कार्य गर्दा केन्द्रिय कार्यालयबाट स्वीकृति लिनुपर्ने निर्णयहरु हुनुका साथै छात्रबृत्ति व्यवस्थापन निर्देशिका २०७७ स्वीकृति गरेको निर्णय भएको बताइएको छ ।
रजिष्ट्रार तथा डीनहरुको पदका लागि खुला रुपमा विज्ञापन गरेर नविनतम् प्रयोग गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थायी, करार वा अमांशिक शिक्षकको रुपमा नियुक्त गर्दा शैक्षिक विशिष्टता (गोल्ड मेडलिष्ट, विशिष्ट तथा प्रथम श्रेणी) लाई प्राथामिकता दिने निर्णय भएको प्रा.डा. सिंहले बताए ।
विश्वविद्यालयको जग्गालाई प्रयोग गरेर विभिन्न भौतिक संरचना निर्माण गर्ने र त्यसबाट विश्वविद्यालयलाई आर्थिक रुपमा सम्पन्न बनाउने योजना रहेको प्रा.डा. सिंहले जानकारी दिए ।
कतिपय अवस्थामा आफ्ना मान्छेहरुलाई स्थापित गर्न खोजेको भन्ने निराधार हल्ला फैलिएपनि राम्रो दिमाग भएका मान्छेहरु आफ्नो भएको उनको भनाई थियो । ‘राम्रा मान्छेलाई अवसर प्रदान गर्ने स्थानको बन्न सकोस् विश्वविद्यालय’ उनले थपे, आफ्नो कार्यकालमा विश्वविद्यालयलाई छोरालाई जत्तिकै माया गरेर यसको शैक्षिक र भौतिक विकासका लागि काम गर्ने योजना रहेको प्रा.डा. सिंहले बताए ।
गलत परम्परा छोडौं र विश्वविद्यालयलाई नयाँ बाटोमा लैजाउ भन्ने उद्देश्यका साथ अघि बढेको बताउँदै आफू मर्नु परेपनि नीजि विद्यालयलाई सम्बन्धन नदिने उनको भनाई थियो ।
यस्ता छन् निर्णयहरू :