दैलेख । गाउँ -नगरकाे समृद्धिका लागि युवाकाे अहम भुमिका रहेकाे नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य बरूनाथ याेगीले बताएका छन् । नेकपा भैरवी गाउँपालिका ३ नं. वडा कमिटीद्वारा आयाेजित कार्यक्रममा बाेल्दै नेता याेगीले यस्ताे बताएका हुन् ।
कार्यक्रममा बाेल्दै नेता याेगीले गाउँ-नगर समृद्ध बनाउन सके सिंगाे मुलुक नै समृद्ध बन्न सक्ने भन्दै उनले यसका लागि युवाकाे अहम भुमिका रहने बताए ।
उनले विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने नवप्रवेशी युवालाइ स्वागत समेत गरेका छन् । नेपाली काँग्रेस पार्टी परित्याग गरी १८ जना युवाहरू नेकपामा प्रवेश गरेकाे अनेरास्ववियु मप विवि राष्ट्रिय कमिटी सचिव रविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकास्थित नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।
पाण्डेले दिएकाे जानकारी अनुसार प्रेम खत्री, नारायण न्यौपाने, तर्क न्यौपाने, देबिराम न्यौपाने, भक्त खत्री, बिष्णु खत्री, कलम वि क, रमेश वि क, उजले कामी, प्रेम वि क, पदमलाल जैसी, खड्क थापा, बलाराम थापा, पुर्ण बहादुर खत्री, रमेश खत्री, पुर्ण बहादुर थापा, तिलक थापा, र बलिराम थापा पार्टी प्रवेश गरेका हुन् ।