काठमाडाैं । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस सहित पक्राउ परेका छन ।अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका हुन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जादै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो।
उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएकाे छ ।
उक्त रकम भुक्तानी बापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ। घुस लिएर काठमाडौं जादै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको हो।