यो मेरो त्यही स्तन हो?
जसलाई तिमी हरेक समय घोरिएर हेरिरहन्छौ ,
खेतको आलिमा ।
बाटोमा हिड्दा कम्पनिमा काम गर्दा ,
अफिसमा सफाइ गर्दै गरेको समयमा
म निहुरिने समय घोरिइ रहन्थ्यौं ।
ताकी तिमी मेरो बस्त्र लाई देखेर
मेटाउन सकोस् ,
आफ्नो खराब बिचार
ताकी तिमी मेरो ब्रा बाट बाहिर निस्किएको
मासुको डल्ला लाई देखेर
मेटाउ सकोस्,
आफ्नो बासनापुर्ण आँखाको प्यास ।
आज मेरो यो स्तन जब
भोक को कारण सुकिरहेको छ ।
यसमा दूध नबनेको कारण
तिमिले हेर्न पनि छोड्दियौं,
आज मेरो जन्मिएको बच्चा,
दूध बिना नै,
चिच्याई रहेको छ ।
रोटिको लागि मेरो शरीर
मेरो रगत को अन्तिम थोपा सम्म,
दिनदिनै सुक्दै छ ।
मेरो सुक्दै गरेको निप्पल मुखमा
तानी रहेको छ मेरो बच्चा
आफ्नो आँसु ले मेरो स्तनलाई
भिजाउने कोशिश गरिरहेको छ ।
र साथमा असम्बेदनशिल अन्यायी
ब्यथा ले रोटिको अनुरोध गर्दै छ ।
यदि तिम्रो आँखामा सम्बेदना छ भने
एक पटक फ़ेरि हेर,
मेरो बच्चालाई,
उसको आँखालाई ,
उसको सुकेको ओंठमा गाडिएको
मेरो सुख्खा निप्पल लाई
उसको स्वर्ग जस्तो आमा
दूध बिहिन सुख्खा स्तन हेर्नुहोस ।
र फ़ेरि अन्तिममा गरिबिको महामारी बाट
एक ममतामयी आमाको मृत्यु भएको छ,
सुकेको प्राणहिन शरिरलाई ।
यदि तपाईं हेर्न सक्नुहुन्छ भने
एक पटक हेर्नुहोस् ।।