सुर्खेत । दैलेखकाे आठबीस नगरपालिकामा पहिराेले १२ घर परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै गएकाे पहिराेले नगरपालिकाकाे वडानम्बर ५ पिपलकाेटमा ५ घर र चिउरीमा ७ गरी जम्मा १२ घर परिवार विस्थापित भएका हुन् ।
बुधबार बिहान गएको पहरोले एक घुम्तीसहित तीन घर बगाइ सकेको छ भने बाँकी घरहरू उच्च जोखिममा रहेको आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले जानकारी दिए । पहिराेकाे कारण मालाचाैर बजारनै जाेखिममा रहेकाे उनकाे भनार्इ छ ।
जोखिममा परेका घर परिवारलाई तत्कालका लागि मालाचाैरमा बजारमा खाली रहेका घर र विद्यालयमा त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाउने काम भैरहेको मेयर उपाध्यायले जानकारी दिए ।
पहिरोले मानविय क्षती नभए पनि ठूलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ ।
घटनास्थलमा प्रहरीको टोली खटिएको र जनप्रतिनिधि र स्थानीयसहितको संयुक्त टोलीले उद्घार र व्यवस्थापनको काम गरिरहेको कार्यालयले जनाएकाे छ ।