सुर्खेत । नहरमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । रूकुम पश्चिमकाे बाफिकाेट गाउँपालिका १ पालाकाेट लागिम बस्ने कल्पना विककाे नहरमा डुबेर मृत्यु भएकाे हाे ।
मंगलबार १७ वर्षिय कल्पनाकाे घरदेखि अन्दाजी २ सय मिटर दक्षिण पश्चिममा रहेकाे नवभिजन साना जलविद्युतकाे ओभर पानी फाल्ने नहरमा चिप्लिएर बग्न गई सोही नहरको ईन्टेकमा अड्किएर मृत अवस्थामा शव भेटिएकाे प्रहरीले प्रहरी चाैकी पिपलले जानकारी दिएकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।