सुर्खेत । सुर्खेतकाे लेकवेशी नगरपालिका ३ दशरथपुरका एक व्यक्तिले विष सेवन गर्दा मृत्यु भएकाे छ । साेमबार राति १० बजे साईफर मेथिन नामक बिषादी सेवन गरी ३० वर्षिय सागर सुवेदीकाे मृत्यु भएकाे हाे ।
उनलार्इ उपचारकाे लागि प्रदेश अस्पताल ल्याउने क्रममा आज विहान ४ः३० बजे बाटाेमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार विषादि सेवन गर्नुकाे कारण खुलेकाे छैन ।
उनकाे पाेष्टमार्टमकाे लागि अस्पतालकाे शवगृहमा राखिएकाे छ ।