दैलेख । नेपाल सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबार मात्रै जिल्लाको ठाँटीकाँध गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो भने आज महाबु गाउँपालिकाका ११ जनामा संक्रमण पुष्टी भएको हो ।
महाबु गाउँपालिकामा संक्रमण पुष्टी हुने ११ जनामध्ये १० जना स्थानीय व्यापारी भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश दशौंदीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ खरिगैराका ८ जना, गैडाबाज बजारका २ जना गरी जम्मा १० जना व्यापारीलाई कोरोना संक्रमण भएको हो भने एक जना वडा कार्यालयका सचिवलाई समेत कोरोना संक्रमण भएको हो ।
संक्रमित व्यक्तिहरुलाई गाउँपालिकाको आइसुलेसनमा राख्ने तयारी भैरहेको दशौंदीले बताए ।