दैलेख । जिल्लाको महाबु गाउँपालिकामा ३० वेडको आइसुलेसन भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै गाउँपालिकाले संक्रमितलाई राख्न आइसियू कक्षका लागि उक्त भवन निर्माण गर्न लागेको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षको ५६ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।

‘कोरोना संक्रमित व्यक्तिको उपचारमा सहज ल्याउन गाउँपालिकाले विभिन्न शिर्षकबाट रकमान्तर गरी आइसुलेसन भवन निर्माण गर्न लागेको हो’ अध्यक्ष शाहीले दुल्लूखबरसँग भने, ‘विपद्को समय भएकोले टेण्डर प्रक्रियाबाट ढिलाई हुने हुँदा उपभोक्ता समितिमार्फत छिटो भवन निर्माण सम्पन्न हुँदै छ ।’
भवनको ९५ प्रतिसत काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर सिहंले जानकारी दिए ।
लक डाउन र वर्षातको कारणले सामान ढुवानीमा समस्या भएकोले तोकिएको समयभन्दा ढिलो हुन गएको सिंहले बताए । ‘अबको एकहप्ताभित्र सबै काम सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्छांै’ सिंहले भने ।