दैलेख । सहिद परिवारका सदस्यहरूलाइ शैक्षिक सामाग्री वितरण गरिएकाे छ । जिल्लाकाे नाैमूले गाउँपालिका स्थित डि.वि. स्मृति प्रतिष्ठानद्वारा साेमबार शैक्षिक सामाग्री वितरण गरिएकाे हाे ।
गाउँपालिकामा रहेका शसस्त्र द्वन्द्वका क्रममा सहिद भएका तथा अति विपन्न परिवारका २० जना सदस्यहरूलाइ शैक्षिक सामाग्री वितरण गरिएकाे नेपाली काँग्रेस नाैमूले गाउँपालिकाका सभापति कर्ण बहादुर खत्रीले जानकारी दिए ।
प्रतिष्ठानले प्रत्येक वर्ष सहिद तथा अति विपन्न परिवारका सदस्यलाइ सहयाेग गर्ने याेजना अर्न्तगत पहिलाे वर्ष शैक्षिक सामाग्री वितरण गरिएकाे प्रतिष्रठानले जनाएकाे छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस नाैमुले गा.पा. सभापति कर्ण बहादुर खत्री, गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर, वडा नं.६ का वडा अध्यक्ष दल बहादुर गुरुङ ,समाजसेबी परे खड्का, कविन्द्र खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।
नेपाली काङ्रेसका नेता दिलबहादुर रानाको तत्कालिन नेकपा माओबादीद्वारा हत्या गरिएको थियो ।