साउन ३, शनिबार
सुर्खेत – महालेखा परिक्षकले प्रतिवेदन सर्वजनिक गरेको छ । जस्मा कर्णाली प्रदेश सभाका सासंद यमलाल कडेलले लिएको रकम महालेखाले बेरुजु देखाएको छ । उनले लिएको ८ लाख ४५ हजार रकम नियम विपरीत रहेको उल्लेख छ ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा तोकिए भन्दा उनले दोब्बर सुविधा लिएको भन्दै महालेखाले बेरुजु भनेको छ।
२०७५ साउन १६ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार उनलाई प्रतिपक्ष दलको हैसियत बराबरको सुविधा दिइएको हो।
ऐन अनुसार उनले बार्षिक ८ लाख ४५ हजार रुपैयाँ पाउनुपर्छ तर मन्त्रीपरिषदले गरेको निर्णय अनुसार उनले थप ८ लाख २० हजार रुपैयाँ लिएका छन्। कर्णाली प्रदेशका ३३ जना सांसदले तलब लिए बापत राज्यलाई तिर्नुपर्ने करसमेत तिरेका छैनन्। महालेखाको प्रतिवेदन अनुसार ३३ जना सांसदले १४ लाख ६६ हजार करकट्टी नगरेको पाइएको हो।