कालिकाेट । कलिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्याम ओलियाका अनुसार १७ वर्षीया किशोरीलाई शाहीले २०७४ सालदेखि ललाइफकाई बलात्कार गरेको उजुरी परेपछि असार ३० गते पक्राउ गरिएको हो ।
बुधवार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताए । उनी नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।