सुर्खेत । दैलेख जन्म घर भएका डा. मधुसूदन गिरी राष्ट्रिय तथा प्रतिभा पुरस्कारका लागि छनाैट भएका छन् । कला साहित्यका विभिन्न विधामा कलम चलाउदै आएका डा. गिरीलार्इ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालकाे महाकवि देवकाेटा पुरस्कार अर्न्तगत बाल साहित्य/लाेक साहित्य विधामा छनाैट गरेकाे हाे ।
मन्त्रालयले २०५१ सालदेखि उक्त पुरस्कारकाे स्थापना गरी संस्कृति, संगित तथा नाट्य, ललितकला र साहित्य गरि चार क्षेत्रका स्रष्टाहरूलाइ सम्मान एवं कदर गर्दै आएकाे छ । गतवर्षदेखि उक्त पुरस्कार अर्न्तगत जनही एक लाखकाे राष्ट्रिय प्रतिभा पुरस्कार र हरेक प्रदेशबाट जनही ५० हजार नगदकाे प्रादेशिक पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएकाे छ । साेही अनुरूप डा. गिरी यस वर्षकाे बाल/लाेक साहित्य विधामा छनाैट भएका हुन् ।
दुल्लू नगरपालिका ७ खेतगाउँ निबासी डा. गिरी पश्चिम नेपालकाे कला साहित्य अध्यता, धर्म संस्कृति र इतिहासका गाैरभान्वित गाथाका संरक्षक मध्यपश्चिमाञ्चल साहित्य परिषद्, दैलेखी सेवा समाजका संस्थापक अध्यक्ष हुन् भने त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख समेत रहेका छन् ।
‘समयले सबैको पालो आउदो रहेस छनोट भएकाेमा खुशी भएकाे छु । अझै थप जिम्मेवारी थपिएको महसुस गरेको छु ।’ डा. गिरीले दुल्लूखबरसँग भने ।
त्यस्तै, उक्त पुरस्कार अर्न्तगत संस्कृति विधातर्फ जुम्लाका वासुदेव उपाध्याय, भाषा साहित्य विधातर्फ जुम्लाकै डा. आेमप्रकाश आचार्य र ललितकला विधातर्फ कालिकाेटका भीमबहादुर सिंह प्रादेशिक प्रतिभा पुरस्कारतर्फ छनाैट भएका छन् भने संगित तथा नाट्य विधातर्फ कालिकाेटकै कृपाराम शर्मा धमला छनाैट भएका छन् ।