दैलेख (महाबु) । दैलेखको महाबु गाउँपालिकाको आगामी आर्थिक वर्षमा १५ शैययाको अस्पताल निर्माण गरी स्वास्थ्य सेवा सुचारु गरिने जनाइएको छ । आगामि आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले यसै आर्थिक वर्षमा महाबु अस्पताल निर्माण गरि सेवा प्रदान गरिने बताए ।
साथै उनले कोरोना लक्षित ३० बेडको आइसुलेसन भवन निर्माण कार्य सुचारु गरिएको नीति तथा कार्यक्रम मार्फत जानकारी दिए ।
यस्तै, अध्यक्ष शाहीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षभित्र गाउँपालिकाका सबै जनताको घरदैलोमा विद्युत पु¥याइने बताइएको छ ।