दैलेखको महाबु गाउँपालिकामा निर्माणाधिन ताराघाट, गैडावाज, काँसिकाँध सडकमा प्राविधिक स्टिमेट अनुसार काम नभएको भन्दै गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीसँग गुनासो गर्ने क्रममा स्थानीय उपभोक्ता भरत बहादुर शाहीमाथि अभद्र व्यवहार भएको हो । उक्त सडक निर्माणको ठेक्का लिएका ए.वी. महाबु कन्स्ट्रक्सन प्रालिका ठेकेदार प्रविन थापाले शाहीमाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेका हुन् ।
‘गाउँपालिकाको केन्द्र गैडाबाज बजार छेउमा उक्त सडकमा ग्रावेलको लागि गिट्टी थुपार्दै थियो । त्यसमा गिट्टी भन्दा माटो धेरै थियो ।’ पिडित शाहीले भने, ‘गाउँपालिकाका अध्यक्ष आएपछि यो काम प्राविधिक स्टिमेट अनुसार भएको छैन । विचार पु¥याएर काम गराउनुस है भन्दै अध्यक्ष सँग कुरा भईरहेको थियो ।’
‘गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले यसो नगर्न भन्दा भन्दै प्रविनले मलाई एक्कासी विभिन्न किसिमका अपाच्य शब्दहरु प्रयोग गरि अभद्र व्यवहार ग¥यो’ उनले थपे, ‘मलाई एक करोड चाहिदैन तेरो ज्यान लिन्छु भन्दै कुटपिट समेत ग¥यो ।’
थापाले गरेको अभद्र व्यवहार र गालीगलौजको अडियो सामाग्री दुल्लूखबरसँग सुरक्षित छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक स्थलमा भएको अभद्र व्यवहार विरुद्वको मुद्दा दर्ता गराउन समेत आनाकानी गरेको पिडित शाहीको भनाई छ ।
अस्थायी प्रहरी चौकी गैडाबाजले हामी प्रविनलाई पक्राउ गर्न सक्दैनौं । उसको गुण्डागर्दी बढि छ । हामी अप्ठ्यारोमा पर्छौ भन्दै जिप्रका दैलेख पठाएको पिडित शाहीले बताए ।
‘जिप्रका दैलेखमा हालसम्म मुद्दा दर्ता गरिएको छैन । प्रविनको दाई प्रकाश थापा र जिप्रकाको मिलेमतो भएकोले मेरो कुनै सुनुवाई हुन सकेन ।’ शाही भन्छन्, ‘अब प्रहरी प्रशासनबाट मैले न्याय पाउने कुनै आश छैन ।’
यता, जिल्ला प्रहरी कार्यालय दैलेखले निवेदनको आधारमा २ वटै पक्षलाई बोलाएर छलफल गराउन लागिएको जनाएको छ । छलफलबाट मिलाप नभए मुद्दा दर्ता हुने कार्यालयको भनाई छ ।