दैलेख । काेपिला भ्याली सेवा समाज सुर्खेतले कर्णालीका विभिन्न स्थानिय तहहरूमा सहयाेग गर्दै आएकाे छ । काेराेना भाइरसकाे महामारीकाे बेला दैलेखकाे दुल्लू नगरपालिकालार्इ पनि उक्त सेवा समाजले सहयाेग गरेकाे हाे ।
दुल्लू नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका २५ सय नागरिकलार्इ सेवा समाजले सरसफाइ सामग्री बितरण गरेकाे दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
उनका अनुसार क्वारेन्टाइनमा रहेका प्रत्येक नागरिकलाइ पुग्नेगरी केएन ९५ माक्स, सेनिटाइजर, साबुन, दन्त मन्जन र ब्रुसका साथै स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीलाइ पिपिइ सेट समेत हस्तान्तरण गरिएकाे छ ।
नगरप्रमुख भण्डारीले विपद्काे समयमा सहयोग गरेर हाैसला प्रदान गरेकाे भन्दै कोपिला भ्याली सेवा समाज प्रति आभार व्यक्त गरे ।