सुर्खेत । कर्णाली प्रदेशमा थप ३७ जना काेराेना संक्रमित पुष्टी भएका छन् । प्रदेश अस्पताल सुर्खेतकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकाेटका ३ जनामा संक्रमण पुष्टी भएकाे हाे ।
साथै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काेराेना निकाे भर्इ १८ जना डिस्चार्ज भएकाे सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ । याेसँगै कर्णालीमा डिस्चार्ज हुनेकाे संख्या २९ पुगेकाे छ ।