दैलेख । काेराना भार्इरसबाट सर्ने काेभिड-१९ काे संक्रमण नियन्त्रण तथा उपचारमा सरकार गम्भिर बन्न तीन राजनैतिक दलले सुझाव दिएका छन् । दैलेखकाे आठविस नगरपालिकालार्इ स्थानिय तीन राजनैतिक दलका प्रतिनिधिहरूमार्फत सुझाव दिइएकाे हाे ।
‘आठबीस नगरसरकारलाई गम्भिर बन्न र कोरोना उपचारमा लापरवाही नगर्न राजनैतिक दलले बैठक बसेर निर्णय कार्यान्वयन गर्न सूझाव दिएका हाैं’ नेपाली काँग्रेसका नगर सभापति अर्जुन बहादुर शाहीले भने, ‘स्थानिय राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी नगर कमिटिको सर्वदलिय बैठक बसि उक्त निर्णय नगरसरकारलाई बुझाइएकाे हाे।’
शाहीको अध्यक्षतामा बसेको बैठकमा नेमकिपाका नगर अध्यक्ष कल बहादुर सिजापति र नेकपाका सिंबहादुर शाहीको पनि उपस्थिति रहेको थियो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस अहिले नेपालमा उग्ररुप लिदै गैरहेको भन्दै सरोकारवालाले स्थानीय, प्रदेश र संघ सरकारलाई झकझकाउन लागिपरेका हुन् ।
कर्णाली प्रदेशको दैलेख जिल्ला पछिल्लो समय कोरोना संक्रमितको सेन्टर बन्दै गैरहेको पनि उनीहरुले बताएका छन् । सर्व दलिय बैठकले समसामयिक बिषयमा छलफल गरी नगर सरकारलाई निर्णयको प्रतिलिपि बुझाएको सभापति शाहीले जानकारी दिए ।
निर्णयकाे पूर्णपाठ :