दैलेख । दैलेखमा २५ वर्षीया महिलाले कोरोना जितेर घर फर्किएकी छन्। डुंगेश्वर गाउँपालिका १ चुप्राकी महिला आज घर फर्किएकी हुन् । उनकाे जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा उपचार भइरहेकाे थियाे ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमु डा. निरञ्जन पन्तकाअनुसार जेठ ८ गते भारतबाट आएका उनिहरुका श्रीमान श्रीमति र एक छोरामा ११ गते गरिएको स्वाब परिक्षणमा श्रीमान श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको थियो।
आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि श्रीमतीलाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ। कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको डा. पन्तले जानकारी दिए ।
आमा बुवा दुबैमा कोरोना पुष्टि भएको भए पनि बालकमा कोरोना संक्रमण देखिएको थिएन। १५ महिने वालक आमाको साथमै थिए। कर्णाली प्रदेशका १० वटा जिल्लाहरु मध्ये दैलेखमा कोरोना संक्रमितको संख्या सबै भन्दा धेरै रहेको छ। ११ वटा स्थानियतह रहेको दैलेखमा ९ स्थानियतहमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसअघि प्रदेश अस्पताल सुर्खेतबाट ७ जना काेराेना संक्रमित निकाे भएर घर फर्कीएका थिए । याे सँगै कर्णालीमा काेराेना जित्नेकाे संख्या ८ पुगेकाे छ ।