दैलेख । काेराेना भाइरसबाट सर्ने काेभिड-१९ बाट ज्यान गुमाउनेका परिवारलार्इ आर्थिक सहयाेग गरिएकाे छ । दैलेखकाे दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले मृतक परिवारार्इ आर्थिक सहयाेग गरेका हुन् ।
साेही नगरपालिका ११ का ३५ वर्षिया कर्णबहादुर थापाकाे गत जेठ १७ गते मृत्यु भएकाे थियाे । उनकाे मृत्युपछि काेराेना संक्रमण पुष्टी भएकाे हाे ।
थापाकाे परिवारलार्इ किरिया खर्च वापत रु २५ हजार दुल्लु नगरपालिकाको तर्फ बाट दिइएको नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
साथै मृतकका छाेरीलार्इ निशुल्क प्राविधिक शिक्षा अध्ययन गराइने नगरप्रमुख भण्डारीले बताए । उनकी छाेरी हाल कक्षा १० मा अधययनरत छन् ।