पंखबहादुर शाही
दैलेख । दैलेख निर्वाचन क्षेत्र नं.–२ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य राजबहादुर बुढाले सरकारले कोरोनाको लपेटा धेरै भएको ठाउँहरुमा ध्यान नदिएको बताएका छन् ।
दैलेख जिल्ला अहिलेको अबस्थामा कोरोनाको केन्द्र बनिरहेका बेला पनि सरकारले ध्यान नदिएको उनले बताएका हुन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बुढाले ‘दैलेखमा कोरोनाले उग्र रुप लिएको जानकारी गराउँदै कोरोनाको अबस्था बुझिदिनका लागि केन्द्र सरकारको उपस्थिती दैलेखमा हुनुपर्ने माग राखे ।’
बरु,‘त्यसका लागि केन्द्रमा रहेका तीनै जना सांसद (दैलेखबाट निर्वाचित) को पारिश्रमिकबाट हेलिकप्टर हामी बुक गछौँ,’उनले भने,‘दैलेखीको रोदन, कठिनाई, समस्या बुझिदिन सरकार तत्काल दैलेख गईदिनुप¥यो । ’
कोरोनाले लपेटिरहेको छ,‘दैलेखी रोईरहेका छन् । यस्तो अबस्थामा सरकारले सिंहदरबारमा बासुरी बजायर रमाउने काम नगर्न सांसद बुढाले आग्रह गरे ।
दैलेखमा १२ हजार जती नागरिकहरु भारत लगायत अन्य मुलुकबाट जिल्लामा भित्रिएका छन् । संक्रमितको संख्या दिनानुदिन बढिरहेको अबस्था छ ।
तर, पनि सरकारले जती ध्यान दिनुपर्ने हो त्यो अनुसारको ध्यान दैलेखमा नदिएको बुढाले भनाई छ ।
उनले भारतबाट आएका पुरा नागरिकहरुको परिक्षण गर्दा नेपालको ३ हजार सेरोफेरोको संख्या दैलेखमा मात्र देखिन सक्ने बताए ।
बुढाले तत्काल केन्द्र सरकारले सेना, प्रहरी र स्वास्थ्यकर्मीको टोलिलाई पीसिआर मेसिन सहति दैलेखमा उपस्थित गराउन आग्रह समेत गरेका छन् ।
उनले अस्थाई सिविर खडा गरेर भएपनि दैलेखी जनताको परिक्षणलाई तिव्र बनाउन सरकारलाई ध्यानआकर्षण समेत गराएका छन् ।