सुर्खेत । विश्वभर फैलिएकाे नाेवेल काेराेना भाइरस (काेभिड-१९)काे नियन्त्रण तथा व्यवस्थापनमा सरकारकाे लापर्वाही र गैरजिम्मेवारी कार्यप्रति नेपाली काँग्रेस दैलेखले ध्यानाकर्षण जनाएकाे छ । बुधबार जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाइएकाे हाे ।
कर्णाली प्रदेशमा काेभिड-१९ तेस्राे चरण प्रवेश गरिसक्दा समेत भारतबाट आएका नागरिककाे आरडिटी र पिसिआर परिक्षण नगरी भिडभाडयुक्त तरिकाले क्वारेन्टाइनमा राखिएकाे भन्दै आपत्ति प्रकट गरिएकाे छ ।
कर्णालीमा संक्रमितहरूकाे संख्या बढ्दै गएकाे अवस्थामा पनि उपचारका लागि समेत गर्न नसक्ने गैर जिम्मेवार र अमानवियताकाे पराकाष्टा प्रति ध्यानाकर्षण पत्रमार्फत घाेर भत्सर्ना गरिएकाे छ ।
दैलेख जिल्ला अस्पताल र दुल्लू अस्पतालमा दक्ष जनशक्तिसहितकाे पिसिआर परीक्षण मेसिन जडान गरी अत्यावश्यक स्वास्थ्य सामाग्रीसहित आरडिटी र पिसिआर किट उपलब्ध गराइ परीक्षणकाे दायरा बढाउन समेत माग गरिएकाे छ ।
‘भारतबाट नेपाल प्रवेशका लागि सिमानाकामा अलपत्र परेका नागरिकका लागि खाना, बस्न र यातायातकाे सुविधासहित स्वास्थ्य परिक्षण गरी सुरक्षित क्वारेन्टाइनमा राख्ने व्यवस्था गराउन माग गर्दछाैं’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यसैबिच, रूकुमकाे साेतीमा भएकाे घटनाप्रति काँग्रेसकाे गम्भिर ध्यानाकर्षण भएकाे भन्दै दाेषिलाइ हदैसम्म कार्वाहीकाे माग गरिएकाे छ ।
ध्यानाकर्षण पत्र :