दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टाइनमा नै बच्चा जन्माएकी छन् ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं.–२ को पिपलचौतारा स्थित जनता आधारभुत विद्यालयको क्वारेन्टाईनमा सोही वडाकी १९ बर्षीया मिना विकले सुक्रबार छोरीलाई जन्म दिएकी हुन् ।
सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा लगिएको र साढे ९ बजेतिर छोरीलाई जन्मदिएको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रले बताएको छ ।
मिना र उनका श्रीमान मनबहादु विक गएकाे १४ गते भारतको पौडीगढवालबाट ठाटीकाँध आईपुगेका हुन् । उनकाे याे पहिलाे सन्तान हाे । मिनाले तिन वर्ष अघि मात्र विवाह गरेकी थिइन् ।
नवजात शिशु र सुत्केरी मिनाको स्वास्थ्य अबस्था सामान्य रहेको अारडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रकी इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिईन् ।