काठमाडौं । नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा १७० जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ सय १२ पुगेको छ । प्रवक्ता डा. देवकोटाका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा सप्तरी राजबिराजका ४ जना, झापाको भद्रपुरका ३४ वर्षीय एक जना पुरुष रहेका छन् । । कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २८ जना संक्रमित भेटिएका छन्।
त्यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा बारा र पर्साका ९ जनामा संक्रमण देखिएको छ। उनीहरु रहेका छन्। पाटन अस्पतालमा गरिएको परीक्षणमा ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यसैगरी गण्डकी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा म्याग्दीका एक पुरुषमा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके डुढुवाका १० जना पुरुषमा कोरोना पुष्टि भएको छ। चितवनको भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ जना र नवलपरासीका २ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ८४ जनाको पोजेटिभ रिपोर्ट आएको छ।
देवकोटाका अनुसार कपिलवस्तुको भृकुटी माविको क्वारेन्टाइमा बसेका २४ जनामा कोरोना देखिएको हो। त्यहीँ गरिएको परीक्षणमा जनता मावि डुमरिया रौतहटको क्वारेन्टाइनमा बसेका ५६ जनामा कोरोना देखिएको छ। त्यस्तै सर्लाहीको मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पुष्टि भएको छ। जसमा कपिलवस्तुका एउटा स्कुलको क्वारेन्टाइनमा बसेका १५ जना छन्। त्यस्तै रुपन्देहीका १ जनामा पनि कोरोना देखिएको छ। राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ। त्यहाँ गरिएको परीक्षणमा कोरोना देखिनेमा कपिलवस्तुको विजयनगरका ९ जना रहेका छन्।