सुर्खेत । कर्णाली प्रदेशमा श्रम अभियान सञ्चालन गरिने भएकाे छ । कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गाेविन्द प्रसाद कलाैनीले काेभिड-१९ कारण राेजगारी गुमेका नागरिकका लागि श्रम वडा स्तरमा श्रम सहकारी, श्रम कार्यदल र श्रम स्वयंमसेवक परिचालन गरि श्रममूलक विकास निर्माण कार्यहरू सञ्चालन गरिने बताएका हुन् ।
साथै ताेकिएकाे मापदण्डका आधारमा सहुलियतपूर्ण कर्जा र व्याज अनुदानका कार्यक्रम ल्याइने बताइएकाे छ।