सुर्खेत । रुकुम पश्चिममा भएको निर्वाध घटनाका दोषिलाई कडा कार्वाहीको माग गर्दै प्रदेश राजधानी सुर्खेतमा पनि शान्तिपूर्ण प्रदर्शनी गरिएको
छ । बिहिबार उज्यालो यूथ क्लव, नेपाल यूवा परिषद र सम्झौता टोल विकास समितिको अगुवाईमा शान्तिपूर्ण दवाव प्रदर्शनी गरिएको हो ।
गत जेठ १० गते रुकुममा भएको घटनाबाट ६ जना वेपत्ता पारिएका थिए । जसमध्ये पाँच जनाको मृत भेटिएका छन् ।
जातीय विभेद गर्दै उनिहरुको हत्या गरिएको भन्दै विभिन्न स्थानहरुमा हत्यामा संलग्नलाई हदैसम्म कार्वाहीको माग गरिएको
छ ।
देश लकडाउनको समयमा पनि सामाजिक दुरी कायम राख्दै शान्तिपूर्ण दवाव ¥याली गर्नुपरेको नेपाल यूवा परिषद कर्णाली प्रदेशका अध्यक्ष इन्द्रजीत सुनारले बताए । उक्त प्रदर्शनी वीरेन्द्रनगर नगरपालिका ४ स्थित सम्झौता टोल वरिपरि गरिएको उनले जानकारी दिए ।