सुर्खेत । पश्चिम रुकुममा भएको घटनाका दाेषीलाइ कडा कारवाहीकाे माग राख्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनार आमरण अनसनमा बसेका छन् । आततायी घटनाले सिंगो दलित समुदायमाथि अन्याय भएको भन्दै उनले घटनाका दाेषीलाइ हदैसम्मकाे कार्वाहीकाे माग गरी अनसन बसेका हुन् ।
शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, गणेश बुढामगर र टिकाराम सुनार मृत फेला परेका छन भने गोविन्द सुनार, सञ्जु विक र गोविन्द साही अझै बेपत्ता छन् ।
उनीहरुको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै संघका कर्णाली प्रदेश अध्यक्ष सुनार मंगलबार अपरान्हदेखि जिल्ला प्रशासन कार्यालय जाजरकोटको मुख्य गेट अगाडि आमरण बसेका छन् ।
नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज विक सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनको समुहलाई लखेटी लखेटी कुटपिट गरेका थिए ।
मृतकका आफन्तले सोमबार जिल्ला जिल्ला प्रहरी कार्यालय जाजरकोट अगाडी नाराबाजी गरे । सामाजिक दुरी कायम गरेर विश्वव्यापी कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कुनै प्रबाह नगरी पिडित पक्षले जिप्रका अगाडी नाराबाजी गरेका थिए ।