दैलेख । कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमित आठबीस नगरपालिका –१ सात्तला दैलेखका ३५ बर्षीय एक युवालाई सुक्रबार प्रदेश अस्पताल सुर्खेत पठाईएको छ ।
उपचारमा लापर्वाही भएको भन्ने सामाजिक सञ्जाललमा चर्को आलोचना भएपछि उनलाई प्रदेश अस्पतालामा पठाईएको बताईएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले कोरोना सङ्क्रमित युवालाई सरस्वती माविको आइसोलेशन वार्डबाट सुर्खेत पठाइएको बताएको छ ।
गएको जेठ १ गते लक्ष्मि माध्यामिक विद्यालय सात्तलाको क्वारेन्टाइनमा पीसिआर परिक्षणमा कोरोना पुष्टि भएपछि उनलाई ३८ घण्टा पछि जिल्ला सदरमुकामा स्थित सरस्वती माविको आइसोलेशन वार्डमा राखिएको थियो ।
भेन्टिलेरसहित उपकरण हुनुपर्ने र मापदण्ड पूरा नगरेको नाम मात्रको आइसोलेशन वार्डमा आकस्मिक उपचार गर्नुपरे समस्या हुने भन्दै जिल्लाका केही जनप्रतिनिधि, सञ्चार माध्याम तथा जिल्लाका राजनीतिक दलका नेतृत्वकर्ताहरुको चर्काे दबाब पछि सुर्खेत पठाईएको हो ।