दैलेख । दैलेखको दुल्लू नगरपालिकाले कोरोना विपदको समयमा टेलिफोनको सहायाताबाट नियमित पठन–पाठन् शुरु गर्ने भएको छ ।
माध्यामिक शिक्षा परिक्षा (एसइई) दिने विद्यार्थीहरुका लागि वैकल्पिक माध्यामबाट यो कार्यक्रमको शुरुवात गरिएको हो ।
बालबालिकामा कोरोना भाईरस अर्थात कोभिड–१९ बाट बच्ने उपाय रोग सम्बन्धी जानकारी दिँदै आफुले अध्यन गरेको तहको स्मरण गराई नयाँ शैक्षिक सत्रको पढाई सम्बन्धी धारण बनाउने उद्देश्यसहित यो कार्यक्रमको शुरुवात गरिएको दुल्लू नगरपालिकाले बताएको छ ।
नगरपालिका भित्रका १४ ओटै मावि विद्यालयमा यो कार्यक्रम शुरु गरिने नगर–प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । टेलिफोनको माध्यामबाट विद्यार्थीहरुलाई नियमित रुपमा विषयगत शिक्षकद्धारा पठन–पाठन गराईने छ,’उनले भने ।
उनका अनुसार ‘यदी विद्यार्थीको मोबाईलमा ‘ब्यालेन्स) पैसा नभएकोखण्डमा विषयगत शिक्षकको मोबाईलमा मिस्कल गर्नुपर्ने र शिक्षकले विद्यार्थीको समस्या समाधान गर्नेछन् ।’
नियमित रुपमा टेलिफोनको माध्यामबाट कोरोना विपदको संक्रमण देखिने समयसम्मका लागि वैकल्पीक पठन–पाठन् प्रदान गरिएको मेयर घनश्याम भण्डारीको भनाई छ ।
सोमबार देखि नगरपालिकाको –७ पटाङ्गिनी स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले पठन–पाठन शुरु गरिसकेको छ भने, अरु विद्यालयहरुमा केही दिनमै शुरु गरिने शिक्षा युवा तथा खेलकुद शाखाका रमेश उपाध्यायले जानकारी दिए ।