पंखबहादुर शाही
दैलेख । कृषि विकास कार्यालय दैलेखले खेतीयोग्य जमिन बाँझो नराख्ने अभियानको शुरुवात खेतबारीमा नै गयर गरेको छ ।
‘रोग भन्दा भोग सँग लड्न निकै कठिनाई’ हुने भएकाले भोग सँग लड्नका निम्ति ‘बाँझो जग्गा नराखौं, सक्नेलाई गर्न दिउँ’ भन्ने मुल नाराका साथ अभियानको शुरुवात गरिएको हो ।
प्रदेश सरकारको निर्णय अनुसार नै बिहीबार देखि उक्त अभियान् प्रदेशभर थालनि गरिएको छ ।
‘श्रम दिवसको अवसर पारेर कृषि विकास कार्यालय दैलेखले नारायण नगरपालिका–९ कोटीला क्षेत्र आसपासका रहेको बाँझो जग्गामा ‘गोरु जोतेर उद्घाटन् गरिएको छ ।
बाँझो जमिनको सदुपयोग गर्ने, गरा सुधारमा युवाहरुलाई स्वरोजगार बनाई उत्पादनलाई वृद्धि गर्ने उद्देश्यका साथ उक्त अभियानको शुरुवात गरिएको कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले जानकारी दिए । खाद्य जाेखिकलाइ कम गरी उत्पादन् वृद्धि गर्नका याे अभियानले महत्वपुर्ण भुमिका खेल्ने छ ,उनले भने ।
सके आफैले गर्ने, नसके अरुलाई दियर पनि खेतीयोग्य जमिनको सदुपयोग गरी जतिसक्दो बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने वातावरण बनाईने छ ।