काठमाडौं । देशभर आजसम्म कुल साढे ८१ हजार बढी कोरोना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६० हजार ३ सय १९ र पीसीआर विधिमार्फत २१ हजार ३ सय ४० वटा गरी ८१ हजार ६ सय ५९वटा परीक्षण गरिएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा दुवै विधिमार्फत गरी ३ हजार ४९ वटा परीक्षण गरिएको जानकारी दिएका छन् ।
तीमध्ये २ हजार ३ सय ५७ पीसीआरविधिमार्फत र ६ सय ९२ वटा आरडिटी विधिमार्फत जाँच गरिएको हो। बुधबारसम्म आरडिटी विधिमार्फत भएका परीक्षणको संख्याको प्रादेशिक विवरण निम्नानुसार छ :
प्रदेश नम्बर १ मा ८ हजार ३ सय २० प्रदेश नम्बर २ मा ५ हजार ९ सय ३७ बागमती प्रदेशमा ९ हजार ३ सय ६३ गण्डकी प्रदेशमा ६ हजार ५ सय २६ प्रदेश नम्बर ५ मा ७ हजार २ सय २१ कर्णाली प्रदेशमा ७ हजार २ सय २९ सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३ अपडेटअनुसार क्वारेन्टाइनमा बस्नेहरूको कुल संख्या १४ हजार ३ सय १३ जना छ।
प्रदेश नम्बर १ मा ९ सय ५९ जना प्रदेश नम्बर २ मा १ हजार ५ सय ७४ जना बागमती प्रदेशमा १ सय १ जना गण्डकी प्रदेशमा २ सय ७९ जना प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८९ जना कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ जना सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना मन्त्रालयका अनुसार हालसम्म २ सय ४५ संम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन् ।
तीमध्ये ६ जना काठमाडौंउपत्यकामा र काठमाडौंबाहिर २३९ जना छन्। प्रदेश नम्बर १ मा २१ जना प्रदेश नम्बर २ मा ९८ जना बागमती प्रदेशमा २५ जना प्रदेश नम्बर ५ मा १ सय १ जना हालसम्म नेपालमा फेला परेका कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। तीमध्ये १७६ जना पुरुष र ४३ जना महिला रहेका छन्।
हेर्नुुस् प्रादेशिक विवरण : प्रदेश नम्बर १ मा ३५ जना प्रदेश नम्बर २ मा ९६ जना बागमती प्रदेशमा ९ जना गण्डकी प्रदेशमा २ जना प्रदेश नम्बर ५ मा ७२ जना सुदूरपश्चिम प्रदेशमा ५ जना